ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट
काठमाडौँ । घरेलु मैदानमा ब्राजिलविरुद्ध अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलविरुद्ध ४–१ को सहज जित निकाल्दै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा स्थान पक्का गरेको हो ।
स्टाडियो मास मोनुमेन्टलमा सम्पन्न खेलमा फिफा विश्वकपको साबिक विजेतासमेत रहेको अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलेक्सिस र गुइलियानो सिमोनले गोल गरे । ब्राजिलका म्याथेस कुन्हाले एक गोल फर्काएका थिए ।
खेलको चौथो मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि फर्नान्डेजले घरेलु टिमको अग्रता दोब्बर बनाए ।
३७औँ मिनेटमा म्याक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो ।
७१औँ मिनेटमा सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को स्थितिमा राखेका थिए । सिमोनको यो राष्ट्रिय टिमबाट पहिलो गोलसमेत हो । यसपछि थप गोल नहुँदा नियमित कप्तान मेसीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले सहज जित निकालेको हो ।
जितसँगै दक्षिण अमेरिकी छनोटको लिग लिडर अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित विश्वकपमा स्थान सुनिश्चित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण