कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्तिमार्फत उक्त निर्णयको भर्त्सना गरेका छन् ।
‘ठुला व्यापारिक घराना र विभिन्न उद्योगहरूको लामो समयदेखि विद्युत् महसुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुल उपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत् महसुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठुला व्यापारिक घरानाहरू र सरकारका बिच साँठगाँठ भई त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बिच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो’, उनको विज्ञप्तिमा भनिएको छ, ‘ त्यो अन्तरविरोधमा कुलमानले आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकारले उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको हो । त्यसैले सरकारको त्यस्तो गलत कार्यशैलीको हाम्रो दलले विरोध गर्दछ ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत