कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्तिमार्फत उक्त निर्णयको भर्त्सना गरेका छन् ।
‘ठुला व्यापारिक घराना र विभिन्न उद्योगहरूको लामो समयदेखि विद्युत् महसुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुल उपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत् महसुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठुला व्यापारिक घरानाहरू र सरकारका बिच साँठगाँठ भई त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बिच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो’, उनको विज्ञप्तिमा भनिएको छ, ‘ त्यो अन्तरविरोधमा कुलमानले आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकारले उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको हो । त्यसैले सरकारको त्यस्तो गलत कार्यशैलीको हाम्रो दलले विरोध गर्दछ ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण