राजेश हार्डवेयरसहित ५ कम्पनीको बिक्री वितरण रोक्का
बुधबार, १३ चैत २०८१, १६ : ५३
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ निर्माण सामग्री बिक्रेता कम्पनीलाई निर्माण सामग्री बिक्री वितरणमा रोक लगाएको छ । मङ्गलवार अनुगमनमा गएको विभागको टोलीले एमआरपी मूल्य उल्लेख नगरी बिक्री वितरण गरेको पाएपछि बिक्री वितरणमा रोक लगाइ कारबाही गरिएको जनाइएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित ५ निर्माण सामग्री बिक्रेता कम्पनीले सिमेन्ट र फलामे छडको एमआरपी नराखी बिक्री गरेको पाइएको थियो । कारबाहीमा पर्नेमा कोटेश्वरको कोटेश्वर डण्डी ट्रेडर्स, पञ्चकन्या हार्डवेयर, भवानी माँ हार्डवेयर प्रालि, वित्ती हार्डवेयर प्रालि र राजेश हार्डवेयर प्रालि रहेका छन् ।
साथै उक्त कम्पनीहरूलाई कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण