ओम प्रतिकको ‘मोअर’ साउनमा रिलिज हुने
बुधबार, १३ चैत २०८१, १७ : ०५
काठमाडौंँ । ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ को प्रदर्शन आगामी साउनमा हुने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज साउन २३ गते तय भएको निर्देशक प्रतिकले जानकारी दिए ।
फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही लगायतका कलाकारको मुख्य भूमिका छ । चुम्बनजंग शाहीको निर्माण रहेको फिल्मको कथा समेत निर्देशक प्रतिककै हो ।
दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको फिल्मको कथावस्तुबारे अहिलेसम्म केही खुलाइएको छैन । फिल्मको छायाङ्कन काठमाडौँ, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण