कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले हिउँदे अधिवेशनबाट नै विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने बताएका छन् ।
कांग्रेस शिक्षा विभागले आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले विधेयक जुनसुकै हालतमा पनि यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको केन्द्रीय सदस्य तथा विभागका प्रमुख नैनसिंह महर महरले बताए ।
महरले भने– स्थानीय प्रतिनिधिहरूको धारणा, विद्यालय शिक्षा विधेयकमा गर्नुपर्ने सुधार र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के–के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको बताए । स्थानीय जनप्रतिनिधि सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिएको महरको भनाई थियो ।
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी रहेको महरले बताए ।
छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने र शिक्षाले नै समाजलाई परिवर्तनको बाटोमा लैजाने सिंहको भनाइ थियो ।
नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने बताए । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको धारणा थियो ।
कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि निरन्तर छलफल गरिरहेको र पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग विभागले छलफल गरेको थियो । दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण