उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
तुलसीपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा आज आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व लिनुपर्ने बताए ।
‘शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिनुपर्छ’, उनले भने, ‘खेतीपाती, उद्योगजस्ता उत्पादनशिल क्षेत्रलाई निजी क्षेत्रलाई छोड्नुपर्छ, सबै कुरा राज्यले गर्न सक्दैन ।’ साथै उनले पुरानो राजनीतिक प्रणालीमा सुधार नहुँदा नयाँ वैकल्पिक राजनीति सुरु गरेको समेत बताए ।
बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता रहेको उनको भनाइ थियो । उनले पार्टीको केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण