‘हेल्लो काशीराम’मा दिलीपसँग प्रियंकाको ठुम्का
काठमाडौँ । ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । केही अगाडि फस्टलुक सार्वजनिक गर्दै चर्चा कमाउन सफल फिल्मले अहिले गीत ‘झ्यामकी मादल झ्याम’को छायाङ्कनका केही तस्बिर सार्वजनिक गरेको छ । जसमा अभिनेता दिलीप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेको देख्न सकिन्छ । काठमाडौँमा आकर्षक सेट बनाएर खिचिएको गीतमा ६४ जना कोरस डान्सर प्रयोग गरिएको छ।
कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरेको छ ।
अभिनेता रायमाझीको मुख्य भूमिका रहेको फिल्म रिम विश्वकर्माले निर्देशन गरेका हुन् । फिल्ममा रायमाझीका अलवा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ ।

प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको फिल्म रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता पीबीथापा हुन् । फिल्ममा संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यको छ । फिल्म कमेडी जनरामा निर्माण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण