अग्रज नाटककार मुखिया ‘वासु शशी साहित्य सम्मान २०८१’बाट सम्मानित
काठमाडौँ । कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार २०८१’ प्रदान गरिएको छ । वासु शशी स्मृति परिषद्ले प्रसिद्ध कवि तथा नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौँमा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि नगद २५ हजार रहेको छ ।
कार्यक्रममा अग्रज नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान २०८१’बाट सम्मान गरियो । यो सम्मानमा पनि नगद राशि २५ हजार रहेको छ ।
त्यस्तै, अर्को कवि साहित्यकार सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार २०८१’बाट पुरस्कृत भए । यो पुरस्कारमा पनि नगद राशि २५ हजार रहेको छ । यो पुरस्कार कवि कृष्ण जोशीको स्मृतिमा स्थापना गरिएको हो । सम्मानित एवम् पुरस्कृतहरूलाई साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले पुरस्कार प्रदान गरे ।
निर्देशक खरेलले कवि शशीको कथामा आफूले नेपाली फिल्म ‘लोभीपापी’ बनाएको सम्झना गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले संस्थाले गरेका गतिविधिबारे जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण