मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिच भेटवार्ता
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरुबिच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे । उनले भने, “नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।”
मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए । उनले जापान सरकारले विगतदेखि नै नेपालका खानेपानी परियोजनाहरूमा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए ।
सोही अवसरमा राजदूत तोरुले जापान सरकार नेपालमा विगतदेखि नै विभिन्न विकासका परियोजनाहरूमा संलग्न रहँदै आएको र आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपाल र जापानबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने हेतुले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण