मदनकृष्णले भने – एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्, उनलाई हटाउँदा जनता खुसी छैनन्
काठमाडौंँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएकोमा जनता खुसी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ, आवाज बन्द भयो । बत्तीहरू सबै निभे । लोडसेडिङ भएको थिएन, टुपिनको तार मात्र छुटेको रहेछ । एकछिन तार छुटेर बत्ती निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए’, उनले अगाडि लेखेका छन्, ‘हरेक लक्ष्मीपूजाको दिन घर–घरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विषेश नाम कुलमान घिसिङ । लोडसेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन् कुलमान घिसिङ । नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त कुलमान घिसिङ ।’
उनले एकछिन बत्ती निभ्दा कुलमानको नाम सबैले लिने गरेका समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण