कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
बिहीबार, १४ चैत २०८१, १८ : ५७
काठमाडौँ । फिल्म अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले नाटक घर सञ्चालनमा ल्याउने भएको छ । बिहीबार विश्व रङ्गमञ्च दिवसको अवसर पारेर एकेडेमीले अभिनेता राजेश हमालको हातबाट एकेडेमी शिलान्यास गरिएको छ ।
कार्यक्रममा अभिनेता हमालले थिएटरले फिल्म र रङ्गमञ्चमा आउन र सिक्न खोज्ने नवप्रवेशीको लागि अवसरको दायरा फराकिलो तुल्याएको बताए । एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर सञ्चालनमा ल्याउन लागेको हो ।
१४४ सिट क्षमताको थिएटरको निर्माण वैशाखसम्म सम्पन्न गर्ने योजना एकेडेमीको छ । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु गरिएको एकेडेमीका सञ्चालक प्रकाश पुरीले बताए । एकेडेमीको कान्तिपुर सिनेमाज नामक ओटीटी प्लेटफर्म समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण