कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
बिहीबार, १४ चैत २०८१, १८ : ५७

काठमाडौँ । फिल्म अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले नाटक घर सञ्चालनमा ल्याउने भएको छ । बिहीबार विश्व रङ्गमञ्च दिवसको अवसर पारेर एकेडेमीले अभिनेता राजेश हमालको हातबाट एकेडेमी शिलान्यास गरिएको छ ।
कार्यक्रममा अभिनेता हमालले थिएटरले फिल्म र रङ्गमञ्चमा आउन र सिक्न खोज्ने नवप्रवेशीको लागि अवसरको दायरा फराकिलो तुल्याएको बताए । एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर सञ्चालनमा ल्याउन लागेको हो ।
१४४ सिट क्षमताको थिएटरको निर्माण वैशाखसम्म सम्पन्न गर्ने योजना एकेडेमीको छ । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु गरिएको एकेडेमीका सञ्चालक प्रकाश पुरीले बताए । एकेडेमीको कान्तिपुर सिनेमाज नामक ओटीटी प्लेटफर्म समेत छ ।