आजदेखि फिल्म हलमा ‘डोरी’
काठमाडौँ । आज शुक्रबारदेखि देशभर एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले सिंगल रिलिजको अवसर पाएको हो । यद्यपि, देशभरका सबै फिल्म हल ‘डोरी’ले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘दौपदी’, ‘अञ्जिला’ लगायत केही फिल्मले अझै धेरै फिल्म हल ओगटेर बसेका छन् । फिल्मले देशभर करिब १२० शो पाएको छ ।
‘डोरी’ सामाजिक कथामा हास्यरस, थ्रिलर र हररलाई समेत मिसाएर निर्माण भएको फिल्म हो । केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र दिएको फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् । फिल्मको निर्देशक अरुण लामाले गरेका हुन् ।
लेखन समेत लामाको रहेको फिल्म निर्देशक लामाको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । दिनेश भट्टराई निर्माता रहेको फिल्मका कार्यकारी निर्माता राज थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण