सकियो एसईई, सम्झना र मायाको चिनो स्वरूप एकअर्काको टिसर्टमा लेखियो सन्देश (तस्बिरहरू)
काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्ट/टिसर्टमा विभिन्न सन्देश लेखे ।
एकअर्काको टिसर्टमा उनीहरूले आगामी दिनको शुभकामनाका साथै विद्यालयमा पढ्दाका साथीको सन्देशसहितको मिठो पल कैद गर्ने प्रयास गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।
लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
_dzFp6cqYZP.jpg)
_L2Z2EIBbOO.jpg)
_rWFxHvZCuw.jpg)
_LB8fiISF8x.jpg)
_RANVWJBsac.jpg)
_uM6fb0Rnwu.jpg)
_VMvVupw5ye.jpg)
_Zth39EsbQk.jpg)
_KWdGcd5PBv.jpg)
_8rYisUQWQ6.jpg)
_Hv4bgkQNTu.jpg)
_SfcckzVl3M.jpg)
_40LSHZZa74.jpg)
_68ftu5Wnxw.jpg)
_rYQobdFjxg.jpg)
_8BnfvJONKg.jpg)
_U8ZJoId22v.jpg)
_Bjz8bMf3po.jpg)
_27gXkY7bN4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण