एनआरएनए एकता महाधिवेशन मूल आयोजक समितिको सदस्य सचिवमा गौतम
काठमाडौँ । एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति मातहतको ‘मूल आयोजक समिति’को सदस्य सचिवमा गंगाधर गौतम मनोनीत भएका छन् ।
उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले उनलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । एनआरएनएका सक्रिय अभियन्ता गौतम हाल युरोपको बेल्जियममा बसोबास गर्दै आएका छन् ।
पत्रमा उच्चस्तरीय समितिको १२ औँ बैठकको निर्णयअनुसार गौतमलाई एकता महाधिवेशनका लागि मूल आयोजक समितिको सदस्य सचिवमा मनोनीत गरिएको उल्लेख छ । यस मनोनयनले एकता महाधिवेशन सफल बनाउन गौतमको कार्यकुशलताको पूर्ण सहयोग रहने भन्ने विश्वासका साथ आगामी दिनहरूमा मूल आयोजक समितिको बैठक सञ्चालन गरिदिन पनि अनुरोध गरिएको छ ।
एनआरएनए उच्चस्तरीय समितिले मे ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन घोषणा गरेको छ । सोही महाधिवेशनका लागि उच्चस्तरीय समितिले मूल आयोजक समिति गठन गरेको थियो ।
समितिमा करिब ३०० जना अभियन्ताहरू रहेको बताइएको छ । गौतम यसअघि एनआरएनएमा कुमार पन्त नेतृत्वमा रहँदा एकीकृत महाधिवेशनका लागि सहजकर्ताको भूमिका खेलेको थिए । त्यतिबेला विधान समितिको सहसंयोजक थिए। यस्तै १० औँ महाधिवेशनमा उनी सचिवको भूमिकामा थिए भने त्यतिबेला वार्ता समितिको सदस्य सचिव पनि थिए । जसअनुसार तत्कालीन बिनोद कुँवर नेतृत्वको एनआरएनएसँग एकता गराउनका लागि उनले प्रचण्डको रोहबरमा हस्ताक्षार गराउन भूमिका खेलेका थिए । तर, उक्त सहमति विभिन्न कारणले कार्यान्वय हुन सकेको थिएन । यस्तै त्यसपछि पनि उनी विधान समितिको सदस्य सचिव पनि थिए ।
यस्तै एनआरएनए बेल्जियमको संस्थापक सदस्यदेखि अध्यक्षसम्म चयन भएका उनी कांग्रेस निकट जनसम्पर्क समितिका नेता समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण