हसनको ‘वन अफ द मिलियन्स’को सकियो छायाङ्कन
शुक्रबार, १५ चैत २०८१, १२ : ४१
काठमाडौँ । फिल्म ‘वन अफ दि मिलियन्स’को छायाङ्कन सकिएको छ । अमेरिकामा गरिएको फिल्मको छायाङ्कन ११ दिनमै सकिएको हो ।
अभिनेता हसनराजा खानको मुख्य भूमिका रहेको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपना कथाको रूपमा उठाएको खानले बताए ।
अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथा समेत फिल्मले बुनेको उनले सुनाए ।
फिल्ममा हसनको अलावा सुवास थापाको पनि मुख्य भूमिका छ । फिल्ममा हसन र सुवासको अलावा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारले अभिनय छ ।
फिल्मको छायाङ्कन रामेश्वर कार्कीले गरेका हुन् । फिल्म ‘वन अफ दि विलियन्स’लाई पहिले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा र त्यसपछि नेपालमा रिलिज गरिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण