तीनकुनेबाट केही प्रदर्शनकारी पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ । बानेश्वर प्रवेश गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको सुरक्षा अधिकृतहरु बताउँछन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण