प्रतिगामी र पुनर्उत्थानवादी शक्ति देशलाई कमजोर बनाउन लागे : महिन्द्रराय यादव
काठमाडौँ । नेसपाका अध्यक्ष महिन्द्रराय यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बामध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन वर्तमान सरकार लागिरहेको बताएका छन् ।
भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता यादवले सरकारले समावेशी समानुपातिक व्यवस्था हटाएर अधुरो बनाउन खोजेको बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानको रक्षा गर्न ठुलो चुनौती खडा भएको भन्दै सरकारको भ्रष्टाचारी प्रवृत्तिका कारण पूर्वराजावादी र पूर्वपञ्चहरुले टाउको उठाउने मौका पाइरहेको बताए । उनले देशमा बढेको बेथिति नियन्त्रण गरेर सुशासन कायम गर्नुपर्ने पनि बताए । उनले भने, ‘प्रतिगामी, पुनर्उत्थानवादी शक्तिहरू देशलाई कमजोर बनाउने प्रयत्नमा लागेका छन् । यस्तो अवस्थामा परिवर्तन पक्षधर शक्तिहरू एक हुन जरुरी छ । नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डता कायम राख्न जरुरी छ ।’
देशमा बढेको वितृष्णा मेटाउन र मुलुकका हर समस्या समाधान गर्न सरकारबाट सम्भव नहुने भन्दै यादवले गणतन्त्र र सङ्घीयता पक्षधर एक ठाउँमा आउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण