राजावादी प्रदर्शन
रणमैदान बन्यो तीनकुने क्षेत्र, प्रदर्शनकारी तितरबितर, केही प्रदर्शनकारी घाइते
शुक्रबार, १५ चैत २०८१, १५ : ०४
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र रणमैदान बन्न पुगेको छ । दुई पक्षीय झडपसँगै प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने एक घरमा आगलागी समेत भएको छ । आगलागी कसरी भयो भन्नेबारे स्पष्ट भएको छैन ।
तर, अहिले घरमा आगलागी हुँदै गर्दा दुई पक्षीय झडप जारी रहेको छ भने प्रहरीको अश्रुग्यास पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् ।
झडपमा दुबैतर्फ घाइते भएको रातोपाटी संवाददाताहरुले जनाएका छन् । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका हुन् ।
वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण