राजावादी प्रदर्शन
बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए
शुक्रबार, १५ चैत २०८१, १७ : ३४
काठमाडौँ । काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी पुलस्थित सीसीआरसी कलेज नजिकै आन्दोलनकारीले दुई वटा गाडी जलाएका छन् । त्यस्तै च्यासलबाट काठमाडौँतर्फको भागमा एउटा गाडी जलिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यसअघि बालकुमारीमा एउटा सरकारी जिप जलाएका थिए । गाडी आगजनी गरिएको क्षेत्रमा प्रहरी पुग्न सकेको छैन । नेपाली सेनाको बख्तरबन्द गाडी बालकुमारी पुलमा पुगेको छ ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले गाडी आगजनी गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै स्थानीय प्रशासनले काठमाडौँको तीनकुने हुँदै गौशाला, पुरानो बानेश्वर, शंखमुल र बालकुमारी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण