राजदूत घिमिरेको ओहोदाको प्रमाणपत्र पेश कार्यक्रम रद्द
लन्डन । बेलायती राजा चार्ल्स तृतीयको स्वास्थ्यमा अकस्मात समस्या देखा परेपछि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको बिहीबार तय गरिएको राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रद्ध भएको छ ।
क्यान्सरसम्बन्धि उपचार गराइरहेका राजाको स्वास्स्थ्यमा समस्या देखा परेपछि अन्तिम अवस्थामा कार्याक्रम स्थगित गरिएको हो । बिहीबार १२ बजेर ४० मिनेटमा प्रमाणपत्र पेश गर्ने समय दिइए पनि दिउँसो ३ बजेर ४० मिनटका लागि सारिएको थियो । तर, अन्तिममा त्यो पनि रद्द भएको खवर आएको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।
राजदूत घिमिरेसंगै बंगलादेश र सोमालियाका राजदूतको पनि राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । कार्यक्रमका लागि राजदूत घिमिरे र दूतावासका कूटनीतिक कर्मचारीहरु पूर्ण तयारीका साथ सेन्ट जेम्स पार्क पुगिसकेका थिए । त्यहांबाट उनीहरुलाई बेलायती परम्परा अनुसार बग्गीमा चढाएर दरबारसम्म लाने प्रचलन छ । उपयुक्त समय मिलाएर पुनः कार्यक्रमको समय तय गर्ने बकिंगहाम प्यालेसका प्रवक्ताले विज्ञप्ति मार्फत जनाएका छन् ।
राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रद्द भएपछि सोहीदिन साँझ दूतावासमा विशिष्ट व्यक्तिहरुमाँझ तय गरिएको रिसेप्सन कार्यक्रम पनि अन्तिम अवस्थामा स्थगित गर्दै दूतावासले क्षमायाचना गरेको छ । ७६ वर्षीय राजा चार्ल्स केहि समयको उपचारपछि क्लारेन्स हाउस फर्किसकेका छन् । चिकित्सकको सल्लाह अनुसार, उनले शुक्रवार बर्मिङघमको यात्रा र त्यहाँका चारवटा सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका छन् । फेब्रुअरी २०२४ मा पहिलो पटक उनलाई क्यान्सर भएको घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण