सिरहामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।
जिल्ला अदालत सिरहाले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको हो ।
अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिए ।
बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने अब कानुनबमोजिम म्याद जारी हुने कुलुङले बताए ।
गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो । पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण