राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरू गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरू गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अaविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । वैशाख १० गतेसम्म चितवन निकुञ्जले दुई जना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ । स्थानीय बोटे समुदायका व्यक्तिहरूले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । उनीहरूले गुँड खोजेर त्यसको रेखदेख गर्ने उनले बताए । वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको उनी बताउछन् ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको उनले बताए । उनले भने, “अहिले गुँड खोजेपछि कतिवटा गुणको अण्डा निकाल्ने भन्ने तय गरिनेछ ।”
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ ।
यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण