माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने– उद्दण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्छ
शनिबार, १६ चैत २०८१, १२ : ५७
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । हिजो राजावादीहरूले प्रदर्शनको क्रममा सो क्षेत्रका केही घरहरू तोडफोड गरेका थिए ।
माओवादी पार्टी कार्यालय तोडफोडका लागि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोकोका थिए । सो क्रममा गृहमन्त्री लेखकले उदण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
'संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ', लेखकले भने ।
लेखकसँगै सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापालगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण