३१ वर्षअगाडिको भ्रष्टाचार मुद्दामा भारतमा पूर्वमन्त्रीसहित पाँच जनालाई जेल सजाय
राँची । अलकत्रा घोटाला मामिलामा सीबीआई अदालतले भारत बिहारका पूर्वएकीकृत मन्त्री इलियास हुसेनसहित पाँच आरोपीलाई तीन-तीन वर्षको जेल सजाय सुनाएको छ।
पाँचै अभियुक्तलाई १५/१५ लाख जरिवाना गरिएको छ । जरिवाना नतिरे अभियुक्तले थप जेल सजाय भोग्नुपर्नेछ । अदालतले इलियास हुसेनसहित शाहबुद्दीन बेग, पवनकुमार अग्रवाल, अशोक कुमार अग्रवाल र विनय कुमार सिन्हालाई २७ लाख ७० हजार रुपैयाँ घोटाला गरेको अभियोगमा सजाय सुनाएको हो ।
यो घोटाला मामला सन् १९९४ भएको भएको समाचारहरूमा जनाइएको छ । यस मामलामा अलकत्राको ठूलो मात्रा झारखण्डमा आपूर्ति गरिने उल्लेख गरिएको थियो। कागजमा बिटुमिन आपूर्ति देखाइए पनि यथार्थमा आपूर्ति हुन सकेको थिएन । बिटुमिन आपूर्तिका लागि नक्कली कागजातसमेत बनाइएको पाइएको थियो।
अनुसन्धानका क्रममा कागजातमा देखाइएको बिटुमिनको आपूर्ति वास्तवमा आपूर्ति नभएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण