अपडेट
शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ
शनिबार, १६ चैत २०८१, १९ : ४८
काठमाडौँ । प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । यसअघि प्रहरीले सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ ।
शुक्रबार नै १०५ जना पक्राउ परेकामा शनिबार थप ८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । थप दुई जना पक्राउ परेसँगै तीनकुने घटनामा प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण