राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौँ । नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूको हिंसात्मक आन्दोलनको विरुद्धमा विरोध कार्यक्रम आयोजना गरेको छ । सार्वभौमसत्ता सम्पन्न अधिकारप्राप्त संविधानसभा मार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको खिलाफमा आपराधिक गतिविधि सलबलाएको भन्दै त्यसलाई निस्तेज पार्न कार्यक्रम गरिएको नेविसंघ नेता अशोक धामीले बताएका छन् ।
उक्त आन्दोलनका क्रममा हत्या गरिएका एभी न्युजका पत्रकार सुशील रजक र नागरिक सबिन महर्जनलाई श्रद्धाञ्जली व्यक्त गर्दै विद्यार्थीहरुले गणतन्त्रका पक्षमा नाराबाजी गरि कोणसभा गरिएको थियो । क्याम्पस प्राङ्गण अगाडि नाराबाजी गर्दै कोणसभा आयोजना गरिएको थियो ।
कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवारद्वय विवेक बानिया र श्रीधर श्रेष्ठले छोटो मन्तव्य दिएका थिए भने नेविसंघ केन्द्रीय सदस्य केशर जंग बमले दशकौँ अगाडि दाहसंस्कार गरिएका राजतन्त्रका प्रेतआत्माहरु सलबलाएर अराजक, अनैतिक, हिंसात्मक र आपराधिक गतिविधि गर्न खोजेको प्रति नेविसंघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको बताए ।
यसको प्रतिवादमा नेपाल विद्यार्थी संघ सचेत रहेको भन्दै कार्यक्रम समापन गरेको नेविसंघ नेता सहदेव खत्रीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण