'बङ्गलादेश मोडलमा सत्तापलटकाे योजना बनाएका राजावादीहरूले दोष सुरक्षाकर्मीलाई लगाइरहेका छन्'
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बबङ्गलादेश मोडलमा सत्तापलट गर्ने योजना बनाएका राजावादीहरूले आपराधिक क्रियाकलापको दोष सुरक्षाकर्मीलाई बोकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न 'जनकमाण्डर' तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अधिकाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभानो बन्न खोजिरहेका छन् ।'
उनी थप लेख्छन्–'राजावादी र पूर्व पञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको 'थ्रेट'का सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण