सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको होः सुदन किराती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले सडकमा मान्छे पूर्वराजाको पक्षमा नभई सरकारको विरोधमा आएको दाबी गरेका छन् ।
आइतार राजधानीमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै किरातीले यस्तो बताएका हुन् ।
‘सडकमा मान्छे पूर्वराजाको समर्थनमा गएको होइन सरकारको विरोधमा गएको हो’, उनले भने, ‘जनतामा असन्तुष्टि थियो । यो अराजकताको रूप यति छिटो योस्तरमा व्यक्त हुनु ओली सरकारकै कारण हो। ’
उनले कूलमान घिसिङ प्रकरण नसेलाउँदै फेरि सरकारले त्रिविका उपकुलपतिलाई राजीनामा दिन बाध्य गराएको आरोप समेत लगाए । ‘राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे खोज्दा देश अति दलीयकरण हुँदै गयो’, उनले भने, ‘मेरिट्रोक्रेसीबाट आएको व्यक्तिलाई गैरकानुनी दबाब दिएर राजीनामा गराउनेसम्मको ओली सरकारको हर्कतले सुसासन लजाएको छ । ’
उनले देशमा देखिएको प्रतिगामी गतिविधिलाई निस्तेज गर्न र जनतामा विश्वास जगाउन सरकारले विद्युत प्राधिकरणबाट कुलमान हटाउने र उपकुलपतिको राजीनामा पनि फिर्ता गराउनुपर्ने उनको भनाइ थियो । ‘नत्र शासन सत्तामा ओली बसे पनि ज्ञानेन्द्र बसेपनि नागरिकलाई के फरक ?’ उनले भने ।
किरातीले सरकार नचुके त्यसको महँगो मूल्य व्यवस्थाले र देशले चुकाउनु पर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण