प्रेस सेन्टरमा सहमति हुन सकेन, निर्वाचन प्रक्रियामा विलम्ब
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुंग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा समस्या भएको छ । सहमति हुन नसकेपछि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका छन् ।
एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न सकेको छैन ।
अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो दाबी छाडेका छैनन् । यस्तै महासचिवमा दिपेन्द्र शर्मा कि मनोज घर्ती मगर भन्नेमा सहमति नजुटेको हो । जसका कारण नेतृत्व चयन प्रक्रियामा विलम्ब भएको ती प्रतिनिधिको भनाइ छ ।
महासचिवमा सहमति हुँदा गिरिलाई अध्यक्ष बनाएर अघि बढ्न प्रचण्डले सुझाव दिएको नेताहरू बताउँछन् । तर, जनार्दन शर्मा पक्षका दीपेन्द्र रावलले आफू ब्याक नहुने बताउँदै निर्वाचन प्रक्रियामा जान तयार रहेको बताएका छन् ।
प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण