आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
आइतबार, १७ चैत २०८१, १२ : ००
नयाँ दिल्ली । भारतमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । आकाशमा उडिरहेको समयमा स्पाइसजेटको विमानको टायर पड्किएको थियो ।
घटना आइतबार बिहानको हो । विमान जयपुरबाट चेन्नई आइरहेको थियो । टायर पड्किएपछि बिहान ५ः ४६ बजे विमानको आकस्मिक अवतरण गराएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन् ।
विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ । विमानको टायर पड्केको पाइलटले थाहा पाएका थिए । यसपछि अवतरण गर्नुअघि उनले सम्बन्धित अधिकारीहरूलाई यसबारे सूचित गरिदिए ।
विमानको दुई नम्बरको पाङ्ग्रा क्षतिग्रस्त भएर बाहिर झुत्रो निस्किरहेको निरीक्षणको क्रममा पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण