राजा फर्काउने आन्दोलनका ‘नाइके’ घरमै नजरबन्द, के छ कानुनी व्यवस्था ?
काठमाडौँ । वर्तमान व्यवस्था पल्टाउने दाबीका साथ गठन गरिएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी दुई दिनयता घरमै नजरबन्दमा छन् ।
‘नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५’ अनुसार उनलाई प्रमुख जिल्ला अधिकारीले नजरबन्दमा राख्न आदेश दिएका हुन् । उक्त ऐनको दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले निजलाई कुनै खास अवधिसम्म कुनै खास ठाउँमा नजरबन्द राख्ने आदेश जारी गर्न सक्ने व्यवस्था छ ।
यस्तै उपदफा ३.१ मा व्यक्तिलाई नजरबन्दमा राखिएमा स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको २४ घण्टाभित्र त्यस्तो व्यक्तिको स्थितिको बारेमा निजको परिवारका सदस्य वा नजिकको नातेदारलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही दफाको आदेशसम्बन्धी कार्यविधिको उपदफा ४.२ मा नजरबन्द राख्ने गरी आदेश जारी भएको सम्बन्धमा स्थानीय अधिकारीले सम्बन्धित जिल्ला अदालतलाई सो आदेशको प्रतिलिपिसहित सूचना पठाउनुपर्ने व्यवस्था छ । यस्तो आदेश जारी गर्दा कुनै ठाउँमा नबस्नु भनी, कुनै ठाउँमा प्रवेश नगर्नु भनी या कुनै ठाउँमा मात्र बस्नु भनी आदेश सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । जसअनुसार सुवेदीलाई प्रशासनले घरमा मात्रै बस्नु भनी आदेश दिएको हो ।
स्थानीय अधिकारीको आदेश बमोजिम कसैलाई नजरबन्दमा राख्ने गरी जारी गरिएको आदेश अगावै खारेज भएमा बाहेक जारी भएको मितिले ९० दिनसम्म कायम रहने व्यवस्था ऐनको दफा ५ को उपदफा ५.१ मा रहेको छ ।
सोही दफाको अर्को उपदफामा ९० दिन भन्दा बढी अवधि नजरबन्दमा राख्न आवश्यक देखिएकामा ६ महिनासम्म लम्ब्याउन सकिने व्यवस्था छ। यदि ६ महिनाभन्दा बढी अवधि नजरबन्दमा राख्नुपर्ने अवस्थामा देखिएमा भने गृह मन्त्रालयले दफा ७ बमोजिमको सल्लाहकार समितिसँग राय लिनुपर्ने व्यवस्था छ । यदि समितिले बढाउन राय दिएको खण्डमा १२ महिनासम्म लम्ब्याउन सकिने व्यवस्था छ ।

प्रहरी स्रोतका अनुसार हाल नजरबन्दमा रहेका सुवेदीको गुह्येश्वरीस्थित निवासमा जुनियर अफिसरको कमान्डमा ४ देखि ५ जना प्रहरी निवास परिसरमा खटाइएको छ । तर, प्रहरी घरभित्र भने प्रवेश गरेको छैन । उनलाई प्रहरीले घरबाहिर निस्कन बन्देज गरेको छ भने नजिकका आफन्तबाहेक अरूलाई भेटघाट गर्न दिएको छैन । ती प्रहरी अधिकारीले भने, ‘उहाँको घरको गेटमा जुनियर अफिसरको कमान्डमा ४–५ जना प्रहरी खटिएका छन् । घरबाहिर निस्कन पाउनुहुन्न । नजिकका आफन्तले भेट गर्न पाउँछन् ।’
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुवेदीको निवासमा सुरक्षा निगरानी बढाइएको बताए ।
शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि सुवेदी नजरबन्दमा परेका हुन् । उक्त हिंसात्मक प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते हुनुका साथै भौतिक संरचनामा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । सो घटनामा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १०० जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण