नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ९ दिनदेखि आन्दोलित
काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ९ दिन देखि प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् ।

सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बान्दै २ बजे सम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका हुन् ।

सरकारले उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्टै बनाउन संसद्मा पेस गरेको दुई विधेयकप्रति आपत्ति जनाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएको प्राधिकरणका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाले बताए ।

कर्मचारीहरूले ‘हवाई माफियाहरू होसियार’, ‘हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर’ भन्दै नारासमेत लगाएका छन् ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण