दुर्गा प्रसाईंले भने- ‘म भागेको छैन, काठमाडौँकै मन्दिरमा सुरक्षित भएर बसेको छु’

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ ।
यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’
चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन् । उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो ।’
उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् । आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।
‘प्रहरीलाई जति माया म जतिको कोही छैन । तपाईंलाई दुर्गा प्रसाईंले पेल्यो भन्ने लाग्यो होला । तर, मलाई लक्षित गरेर छतमा सार्प सुटरहरू राखिएको थियो । तीनकुने पुग्दा मेरो कानको छेवैबाट गोलीहरू गयो । त्यसपछि कसको रगत उम्लिँदैन । मैले पुलिस चित्त दुखाउने काम गरेको छैन । आफूलाई सुरक्षित राख्न मात्र घेरा तोडेको हुँ ।’
उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन् । । ‘बरु संसद् भवन कब्जा गरौँ मात्र भनेको हुँ । तोडफोड नगर भनेको छु । त्यस दिनको घटनाप्रति दुःख व्यक्त गर्छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द