सहमति नभएपछि निर्वाचन प्रक्रियामा गयो प्रेस सेन्टर
आइतबार, १७ चैत २०८१, १४ : २२

काठमाडौँ । सहमतिको प्रयास असफल भएपछि प्रेस सेन्टर नेपालमा निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तरगत आइतबार मध्याह्नदेखि मनोनयन सुरु भएको हो ।
राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा निर्वाचनबाटै नेतृत्व चयन गर्न लागिएको हो । यसअघि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका थिए ।
एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न नसक्दा निर्वाचनमै जान लागिएको हो । अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो पेस गरेका छन् । प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
-
आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?
-
इजरायलको मुख्य विमानस्थलमा कसले गर्यो मिसाइल हमला ?
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा