सहमति नभएपछि निर्वाचन प्रक्रियामा गयो प्रेस सेन्टर
आइतबार, १७ चैत २०८१, १४ : २२
काठमाडौँ । सहमतिको प्रयास असफल भएपछि प्रेस सेन्टर नेपालमा निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तरगत आइतबार मध्याह्नदेखि मनोनयन सुरु भएको हो ।
राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा निर्वाचनबाटै नेतृत्व चयन गर्न लागिएको हो । यसअघि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका थिए ।
एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न नसक्दा निर्वाचनमै जान लागिएको हो । अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो पेस गरेका छन् । प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण