नितिशको शानदार अर्धशतक, राजस्थानद्वारा १ सय ८३ रनको लक्ष्य प्रस्तुत
गुवहाटी । इन्डियन प्रियिमर लिग (आईपीएल) को ११ औँ खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको हो । टोलीका लागि नितिश रानाले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३६ बलमा ८१ रन जोडे । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।
कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । सञ्जु सामसनले १६ बलमा २० रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर सिमरन हेटमायरले १६ बलमा १९ रन जोडे ।
चेन्नईका लागि खलिल अहमद, नुर अहमद र मथिसा पथिरानाले २–२ विकेट लिए । खलिलले ४ ओभरमा ३८ रन खर्चिए भने नुरले २८ रन मात्र खर्चिए । पथिरानाले पनि चार ओभरमा २८ रन नै खर्चिए । रविचन्द्रन अश्विनले र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे ।
राजस्थान रोयल्स हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । टोलीले यसअघि कोलकाता र सनराइजर्स हैदाराबादसँग हार बेहोरेको थियो । उता चेन्नईले हालसम्म एक खेल जितेको छ । टोलीले पहिलो खेलमा मुम्बईलाई हराउँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण