आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
सोमबार, १८ चैत २०८१, ०८ : ५५
धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार विजय रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण