मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन

सुर्खेत । ६ वर्षपछि हुन लागेको मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज मतदान चलिरहेको छ ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेपनि केही ढिलोगरी मतदान सुरु भएको छ ।
४ हजार ३८३ मतदाता सङ्ख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।
दुबै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरूमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य चयन हुन्छन् ।
लामो समयपछि विद्यार्थीहरू हर्सोल्लासका साथ मतदानमा सरिक भएका छन् । मतदान गर्नेमा प्रदेश सभाका सांसद (विद्यार्थी)हरू रहेका छन् । यस्तै नेताहरू मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् ।
एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही, माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन बिसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चीनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् ।
यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना