दुर्गेशले गाए ‘कर्मा’को गीत
काठमाडौँ । ‘कर्मा’ २९ चैत्रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म अहिले प्रचार प्रसारमा छ ।
फिल्मको प्रचार प्रसारलाई थप बल पुर्याउन गायक दुर्गेश थापाको स्वरमा एक गीत रेकर्ड गरिएको छ । ‘कर्मा कर्मा’ बोलको गीतमा शब्द तथा संगीत पनि दुर्गेशकै रहेको छ ।
गीतको भिडियो आइतबार छायांकन हुनेछ । गीत छिट्टै ल्याउने योजना निर्माण युनिटको छ । दुर्गेशको गीत फिल्मका मुख्य कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसालमाथि छायांकन हुनेछ ।
‘कर्मा’ आगामी नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको हो । फिल्ममा कर्मा’मा विपिन, उपासना र मुकुनसँगै दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’को कथा निर्देशक चौधरी आफैँले लेखेका छन् । फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण