दुर्गेशले गाए ‘कर्मा’को गीत

काठमाडौँ । ‘कर्मा’ २९ चैत्रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म अहिले प्रचार प्रसारमा छ ।
फिल्मको प्रचार प्रसारलाई थप बल पुर्याउन गायक दुर्गेश थापाको स्वरमा एक गीत रेकर्ड गरिएको छ । ‘कर्मा कर्मा’ बोलको गीतमा शब्द तथा संगीत पनि दुर्गेशकै रहेको छ ।
गीतको भिडियो आइतबार छायांकन हुनेछ । गीत छिट्टै ल्याउने योजना निर्माण युनिटको छ । दुर्गेशको गीत फिल्मका मुख्य कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसालमाथि छायांकन हुनेछ ।
‘कर्मा’ आगामी नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको हो । फिल्ममा कर्मा’मा विपिन, उपासना र मुकुनसँगै दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’को कथा निर्देशक चौधरी आफैँले लेखेका छन् । फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे