बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हालको समय पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कुखुरा तथा सुँगुर तथा बंगुर पालक किसानलाई फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरेको हो ।
बर्ड फ्लु लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने देखिने बताइएको छ । अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन बथानबाट टाढा राख्नुपर्ने सुझाव छ ।
साथै कुखुराको फार्मबाहिर ५० र भित्र १०० प्रतिशत भाइरस सङ्क्रमणको डर हुने भएकाले खोरको दूरीअनुसार भाइरस सङ्क्रमणको प्रतिशत घट्दै जान्छ । त्यसैले कोरमा स्प्रे गर्दा फार्म, फार्मका वरिपरि मजाले छर्किने र खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न सुझाइएको छ ।
यस्तै, सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरबाट जोगाउन खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिच पाउडर फर्मालिन लगायतका नि–सङ्क्रमणका औषधि प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शंका लागेमा पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर तथा बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत सावधानी अपनाउन विभागको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण