बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हालको समय पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कुखुरा तथा सुँगुर तथा बंगुर पालक किसानलाई फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरेको हो ।
बर्ड फ्लु लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने देखिने बताइएको छ । अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन बथानबाट टाढा राख्नुपर्ने सुझाव छ ।
साथै कुखुराको फार्मबाहिर ५० र भित्र १०० प्रतिशत भाइरस सङ्क्रमणको डर हुने भएकाले खोरको दूरीअनुसार भाइरस सङ्क्रमणको प्रतिशत घट्दै जान्छ । त्यसैले कोरमा स्प्रे गर्दा फार्म, फार्मका वरिपरि मजाले छर्किने र खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न सुझाइएको छ ।
यस्तै, सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरबाट जोगाउन खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिच पाउडर फर्मालिन लगायतका नि–सङ्क्रमणका औषधि प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शंका लागेमा पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर तथा बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत सावधानी अपनाउन विभागको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु