राजनीति
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी, कार्यकर्ताद्वारा नाराबाजी
सोमबार, १८ चैत २०८१, १५ : ३५
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका छन् ।
पार्टी कार्यालय पुगेसँगै उनले त्यहाँ रहेको घण्टी बजाएका थिए । घण्टी रास्वपाको चुनाव चिह्न हो । उनी पार्टी कार्यालयमा अन्य नेताहरुसँगै पुग्दा कार्यकर्ताहरुले रवि दाइ हाइ हाइलगायतका नारा लगाएका थिए । सो क्रममा उनले समर्थकलाई अभिवादन गरेका थिए ।
सहकारी ठगी प्रकरणमा मुछिएसँगै उनी पार्टी गतिविधिबाट बाहिर थिए । अहिले पनि मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी पार्टी राजनीतिमा फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण