दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यही नै मेरो जित होः रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तिमीहरुको दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ । यही नै मरो जित हो’, उनले भने, ‘शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिनेछु ।’
उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएर लगेको स्मरण गरे । उनले भने, ‘षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर, मैले कुनै दिन पनि हार मानेको थिइनँ र मान्ने छैन पनि । सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु।’
उनले आफू न्यायको जुनसुकै तराजुमा तौलिन पनि तयार भएर बसेको बताए । उनले आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण