दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ, यही नै मेरो जित होः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तिमीहरुको दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ । यही नै मरो जित हो’, उनले भने, ‘शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिनेछु ।’
उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएर लगेको स्मरण गरे । उनले भने, ‘षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर, मैले कुनै दिन पनि हार मानेको थिइनँ र मान्ने छैन पनि । सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु।’
उनले आफू न्यायको जुनसुकै तराजुमा तौलिन पनि तयार भएर बसेको बताए । उनले आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु