म लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे होइनः रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफू लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे नभएको बताएका छन् । सोमबार रास्वपाको पार्टी कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकअघि सम्बोधन गर्दै उनले जनताको आक्रोशलाई सरकारले नजरअन्दाज गर्ने काम गरेको बताए ।
‘म लड्छु, जुनसुकै शक्तिसँग लड्छु । तर, यो लुटतन्त्र टुलुटुलु हेरेर बस्ने लाछी मान्छेचाहिँ होइन’, उनले सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै भने, ‘अझै गर षड्यन्त्र गर । जे हुन्छ होस् थप लगाउँदा पनि हुन्छ मुद्दा । तर, सरकारले जनताको आक्रोशलाई नजरअन्दाज गर्ने काम गरेको छ । जनतामा ठुलो आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने र बदल्नुपर्ने थियो तर हुन सकेको छैन ।’
लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न आफू कहिल्यै नथाक्ने उनको भनाइ थियो । उनले आफूलाई तर्साउन सरकारले अझै पनि एउटा जिल्लाको मुद्दा अदालतमा नलगेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण