सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
सोमबार, १८ चैत २०८१, १८ : १३
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभामा उत्पत्ति भएका देहायका विधेयकहरू प्रमाणित गरेका छन् । सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१०) बमोजिम विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।
प्रमाणित गरिएका विधेयकहरुमाः सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण