सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
हेटौँडा । मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेका तीन बालक अचेत अवस्थामा भेटिएका छन् ।
इन्द्रसरोवर–३ स्थित सिस्नेरी खोलामा खोलाको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षका सुशान्त आचार्यसहित अन्य २ बालक डुबेर अचेत अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरिक्षक ललिता ढकालले जानकारी दिएन् । काभ्रेको फूलबारी दाप्चाबाट मामाघर (सुशान्त आचार्य मामाका छोरा) आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी पौडी खेल्ने क्रममा डुबेका थिए ।
दिउँसो ४ः४५ बजेको समयमा भएको उक्त घटनामा परेका तीनै जनाको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनास्थाल सिस्नेरी प्रहरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण