‘कर्मा’को गीतमा रोमान्टिक देखिए उपासना र विपिन
काठमाडौँ । चलचित्र ‘कर्मा’को गीत सार्वजनिक गरिएको छ । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर, शब्द तथा संगीत छ ।प्रेमीका देख्ने बित्तिकै प्रेमीमायामा पागल बनेको क्षण वर्णन गरिएको गीतमा विपिन कार्की र उपासना सिंह ठकुरीमाथि छायाङ्कन गरिएको छ।
चलचित्रका लागि सुशान्तले गीत गाएको यो पहिलो हो । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुन लागेको हो ।
चलचित्र रमा विपिन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स पनि समेटिएको छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण