नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
मङ्गलबार, १९ चैत २०८१, ११ : ५५
काठमाडौँ । नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा 'शैक्षिक सडक आन्दोलन' गर्ने भएकाे छ। माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले 'काठमाडौँ जाऔँ अभियान' अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो ।
आन्दोलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन थालिएको बताए। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए।
आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनको भनाइ थियो । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण