प्रतिनिधिसभाको एक पद रिक्त, रुपन्देही-३ मा उपनिर्वाचन कहिले ?
काठमाडौँ । प्रतिनिधिसभाको एक पद रिक्त भएको छ । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त भएको हो ।
निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी भएमा उपनिर्वाचन गर्ने भन्ने उल्लेख छ । तर, उपनिर्वाचन गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गर्ने/नगर्ने विषय सरकारको इच्छामा भर पर्ने जानकारी दिए । ‘प्रतिनिधिसभाको सिट रिक्त हुँदा सो प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी भएमा उपनिर्वाचन गर्नुपर्छ भन्ने कानुनमा व्यवस्था छ । तर, गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले रातोपाटीसँग भने, ‘उपनिर्वाचन गर्ने/नगर्ने र कहिले गर्ने भन्ने विषय सरकारको इच्छामा भर पर्छ । किनकि स्रोत जुटाइदिने, मिति तोकिदिने सरकारले हो ।’
अघिल्लो कार्यकालमा नेकपा माओवादीबाट निर्वाचित सांसदद्वय टोपबहादुर रायमाझी र प्रभु साह निर्वाचित क्षेत्र रिक्त भएकोमा उपनिर्वाचन भएको थिएन । त्यो बेला माओवादी र एमाले मिलेर नेकपा पार्टी बनेको थियो । नेकपा फुटेपछि उनीहरू माओवादी छोडेर एमालेमै बसेका थिए ।
उनले उपनिर्वाचन गर्नुपर्ने बाध्यकारी अवस्था नरहेको थपलियाले बताए । निर्वाचनमा बोहोराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए । बोहराले ३६ हजार सात सय १७ मत ल्याएका थिए भने खाणले ३४ हजार ३६ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण