सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
काठमाडौँ । प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ ।
आजको प्रतिनिधि सभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरू विशेष कारणवश आजको क्रमसङ्ख्या १ देखि क्रमसङ्ख्या ८ सम्मका कार्यक्रमहरू सूचि हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको ब्यहोरा जानकारी गराउँछु ।’
संसदको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुँदैछ । बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराए ।
यससँगै बैठक बोहराको निधनमा शोक प्रस्ताव पारितसँगै सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण