गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
नयाँ दिल्ली । गुजरातको बनासकांठा जिल्लामा मंगलबार एउटा पटाका कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
आगलागीपछि धेरै विस्फोटहरू भएको अधिकारीहरूले बताएका छन् । जसका कारण डीसा सहर नजिकै रहेको कारखानाको केही भाग भत्किएको छ । भग्नावशेषमुनि धेरै कामदार फसेको आशंका गरिएको छ ।
डीसा नगरपालिकाका अग्नि नियन्त्रकहरूले भग्नावशेषमुनि फसेका कामदारहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको डीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले तीन जनाको मृत्यु भएको पुष्टि भएको बताएका थिए । अन्य छ जना घाइतेलाई उपचारको लागि सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।
‘आज बिहान हामीले डीसाको औद्योगिक क्षेत्रमा ठुलो विस्फोट भएको जानकारी पायौँ । दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ । सात जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । घाइते चार जना कामदारलाई विभिन्न अस्पतालमा रिफर गरिएको छ ।’ बनासकांठाका कलेक्टर मिहिर पटेलले भने ।
विस्फोट निकै शक्तिशाली रहेको र कारखानाको स्ल्याब ढलेको उनले बताए । भग्नावशेषमुनि फसेका सबैलाई उद्धार गर्न खोजी अभियान सञ्चालन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण