तने बोडीमा अत्यधिक विषादी भेटियो

काठमाडौँ । तने बोडीमा विषादीको मात्रामा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिस्थित रहेको विषादी द्रुत विश्लेषण प्रयोगशाला आज १० वटा तरकारीको नमुना परीक्षण गर्दा तने बोडीमा विषादीको मात्रामा अत्यधिक भेटिएको हो ।
कालीमाटी बजारमा बिक्रीका लागि चितवनबाट ल्याइएको तने बोडीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ९२.४५ प्रतिशत भेटिएको हो । यसअघि कालीमाटीमा बेच्न ल्याएका ब्रोकाउली, पालुंगोको साग लगायतमा विषादीको मात्रा अत्यधिक भेटिएका थिए ।
नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द