तने बोडीमा अत्यधिक विषादी भेटियो
काठमाडौँ । तने बोडीमा विषादीको मात्रामा अत्यधिक भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिस्थित रहेको विषादी द्रुत विश्लेषण प्रयोगशाला आज १० वटा तरकारीको नमुना परीक्षण गर्दा तने बोडीमा विषादीको मात्रामा अत्यधिक भेटिएको हो ।
कालीमाटी बजारमा बिक्रीका लागि चितवनबाट ल्याइएको तने बोडीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ९२.४५ प्रतिशत भेटिएको हो । यसअघि कालीमाटीमा बेच्न ल्याएका ब्रोकाउली, पालुंगोको साग लगायतमा विषादीको मात्रा अत्यधिक भेटिएका थिए ।
नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण